नेपालकी प्रसिद्द साहित्यकार भवानी न्यौपाने "भावना" सँग निहाल दैनिक समाचारका प्रमुख प्रबन्ध निर्देशक (देवीलाल बैरवा)ले टेलिफोन मार्फत अन्तर्वार्ता लिनुभएको छ l

Nihal Dainik Samachar / NDNEWS24X7
Devi Lal Bairwa Journalist Jaipur India
प्रश्न: भावना जी, निहाल दैनिक पत्रिका (जयपुर भारत) मा तपाईलाई धेरै धेरै स्वागत छ। धेरै टाढा भएका कारण, हामी फोन मार्फत तपाईसँग अन्तर्वार्ता लिन्छौंँ । सबैभन्दा पहिले तपाईको पूर्ण परिचय बताउनुहोस्।
उत्तर: मेरो नाम भवानी न्यौपाने भावना हो। म स्थायी सरकारी शिक्षक हुँ। साहित्य लेखन र यात्रामा मेरो जीवन सनर्पित छ । देश भरका साहित्यिक संघसंस्थामा आवद्द छु ।
प्रश्न: तपाई अहिले के गर्दै हुनुहुन्छ?
उत्तर: दाङ जिल्लाको सरकारी विद्यालय ( मा विविद्यालय ) को शिक्षक हुँ। साहित्य लेखन र समाजसेवामा पनि संलग्न छु ।
प्रश्न : अहिलेसम्म कतिवटा कृति प्रकाशित गर्नुभएको छ ?
उत्तर: शास्त्रीय बहरबद्द गजल सङ्ग्रह, छन्द कविता सङ्ग्रह, कविता सङ्ग्रह सात वर्षअघि तीन कृति प्रकाशित भएका हुन् । हाल अन्य तीन कृतिहरू -नियात्रा संग्रह, कथा सङ्ग्रह, पद्य कविता सङ्ग्रह तयार भएका छन्।
प्रश्न : अहिलेसम्म कहाँ कहाँ पुरस्कृत हुनुभएको छ ?
उत्तरः छिमेकी राष्ट्र भारतले मलाई चार पटक सम्मान गरेको छ । त्यसैगरी नेपालमा राष्ट्रिय शिक्षा तथा साहित्य सम्मान सँगै पूर्व ओखलढुङ्गादेखि सुदूरपश्चिम महेन्द्रनगरसम्म देशका विभिन्न जिल्लाबाट तीन दर्जनभन्दा बढी सम्मान प्राप्त भएका छन् ।
प्रश्नः तपाईका गजल, कविता, कथा, हाइकु, नियात्रा, मुक्तक कहाँ कहाँ प्रकाशित भए ?
उत्तर: मेरा रचनाहरू बेलायतको हिमालय टाइम्स, भारतबाट एनडी न्यूज २४x७, निहाल दैनिक समाचार जयपुर भारत, सिक्किमको सिक्किम साहित्य दर्पण र नेपालका हरेक जिल्लाका पत्रिकाहरूमा प्रकाशित भएका छन्।
प्रश्न : अहिले नयाँ के गर्दै हुनुहुन्छ ?
उत्तर: म केही नयाँ काम गर्दैछु ।
प्रश्न: आफ्नो परिवारको बारेमा बताउनुहोस्?
उत्तर: मेरो बुवा पवित्रराज न्यौपाने र आमा विमला न्यौपानेले मलाई जन्म दिनुभयो। एक दाइ र दुई बहिनी छन्। दुई सन्तानको जन्म दिएकीछु - छोरी वर्षा रेग्मी र छोरा विवेक रेग्मी, श्रीमान र सासु परिवारमा हुनुहुन्छ ।
प्रश्न : साहित्यको क्षेत्रमा अगाडि बढ्नमा परिवारको योगदान के रह्यो ?
उत्तर: मलाई जन्म दिनुहुने बुवाले सानै उमेरमा साहित्य यसरी लेखिन्छ, छन्द भनेको यो हो भनेर साहित्यको जग बसालिदिनुभयो । मेरो आफ्नै दाजुको राष्ट्रमा साहित्यिक योगदान देखेँ । र आमा पनि उत्तिकै सक्रिय रचनात्मक व्यक्तित्व हुनुहुन्छ । काका धर्मराज न्यौपाने पनि लेखक हुनुहुन्छ । सम्पूर्ण परिवार साहित्यको मूल नै भएकाले साहित्यको सुगन्ध बाल्यकालमा नै मस्तिष्कमा बसेको थियो । बिस्तारै साहित्यप्रति मेरो आकर्षण बढ्दै गयो र लेख्न थालेँ । म निरन्तर लेख्दै छु । बारम्बारको भेटमा राष्ट्रकवि माधव घिमिरेबाट बलियो प्रेरणा पाए । दाङ जिल्लाका गुरु स्वर्गीय गधाधर पौडेलजुले पद्यको अवधारणा दिनुभएको थियो । डिल्लिराज श्रीधर दाजु पनि मेरो प्रेरक व्यक्तित्व हुनुहुन्छ ।लेख्दै जाँदा विभिन्न संघसंस्थाले मलाई पुरस्कृत र अभिनन्दन गर्न थाले अनि अगाडि बढ्ने बलियो उर्जा थपियो । मेरो छोरा विवेकले घरमा मेरो साहित्यिक यात्रामा कहिल्यै अवरोध नगरी साहित्यमा थप ईंट्टाहरू थप्न मद्दत गरे। छोरी वर्षाले पनि मलाई भाइ र आफू एक्लै घरमा बसेर कार्यक्रममा जाने अनुमति दिए कहिले बाधा पुर्याएनन्। सानो बच्चा हुँदा पनि भोकै बसी घरको रेखदेख गर्ने मेरा प्यारा सन्तान प्रति सदैव ऋणी छु ।
प्रश्न : नयाँ लेखकका बारेमा के भन्न चाहनुहुन्छ ?
उत्तर: अभ्यास गरिरहनुहोस्। देशमा स्थापित कविहरूको कृतिहरू अध्ययन गर्नुहोस्। लेख्न नछोड्नुस, एक दिन सफल लेखक बन्नुहुनेछ ।
प्रश्न : मिडिया क्षेत्रमा तपाईलाई कस्ता व्यक्तिले सहयोग गर्नुभएको छ ?
उत्तरः पोखराका मिलन तमु, दाङका दीपक बोहरा, काठमाडौंका शान्तराम बिडारी, भोजपुरका पत्रकार रमेश हतुवाली र भारतका देवीलाल बैरवाज्यूहरूले मेरा रचनाहरूलाई आफ्ना आफ्ना पत्रिकामा प्रकाशित गर्दै मेरा सृजनाहरू माया गरि प्राथमिकता दिनुभएकोमा उहाँहरू सबैप्रति आभारी छु।
प्रश्न: तपाईको हालको स्थायी बसोबास कहाँ छ?
उत्तर: म दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका कृष्ण टोल ग लाईन तुलसीपुरको पुरानो बसपार्कमा बस्छु।