खुबै चोट खाएँ दुखेकोछ छाती  कतै बन्दकीमा नपार्नू मलाई

खुबै चोट खाएँ दुखेकोछ छाती   कतै बन्दकीमा नपार्नू मलाई

निहाल दैनिक समाचार NDNEWS24X7

रिपोर्ट देवी लाल बैरवा जयपुर भारत 

( चरीको बिदाइ )

म एक्ली चरी हूँ ल मार्नू मलाई 

चलाएर गोली ल झार्नू मलाई ।।

खुबै चोट खाएँ दुखेकोछ छाती 

कतै बन्दकीमा नपार्नू मलाई ।।

शुभेच्छा जहिल्यै गरेकी छदैथेँ

 दुखाएर भाग्यौ नचार्नू मलाई ।।

तिमी स्वार्थमा नै रमाऊ सदैव 

कुटाई चितामा घिसार्नू मलाई ।।

म आफ्नो भनेरै खुबै प्रेम गर्थेँ

जलाई जवानी नटार्नू मलाई ।।

म धोका सहेरै कयौं रात रोएँ

बुनी जाल पासो लतार्नू मलाई ।।

प्रस्तुतकर्ता

लेखक साहित्यकार

भवानी न्यौपाने (भावना)

तुलसीपुर उपमहानगर पालिका तुलसीपुर ग लाइन दाङ

जिला -दाङ , प्रदेश -5

देश - नेपाल